Websoft University

इटहरीमा कृषि–वन विज्ञान विश्वविद्यालय चाडै सन्चालन हुने


शिव भट्टराई - सुनसरी कार्तिक २९ गते । रातो तारा डट कम,
इटहरी÷जीविका कृषि सहकारी संस्था इटहरीको व्यवस्थापनमा कृषि तथा वन विज्ञान क्याम्पस इटहरी उपमहानगरपालिका–१७ मा चाँडै सञ्चालनमा ल्याइने भएको छ ।

जीविका कृषि सहकारी संस्थाले विहीवार पत्रकार सम्मेलनको आयोजना गरी कलेज सञ्चालनका विषयमा जानकारी दिएको हो । उक्त संस्थाले कृषि विषयमा स्नातक र स्कनाकोत्तर तहको अध्यायन गराउने अनुमति पाएको पनि जानकारी दिएको छ । 

कृषि विषयमा एम एस्सी एजी र पशु विज्ञान र वन विज्ञानमा स्नातक तह तथा स्नाकोत्तर तहसम्मको अध्यायन गराउने उक्त कलेजको कार्यक्रम रहेको पत्रकार सम्मेलनमा शेयर सदस्य शिव डाँगीले जानकारी दिए ।
प्रत्येक बर्ष अधिकतम ५० जनासम्म विद्यार्थी भर्ना गरी  अध्यायन–अध्यापन गराइने बताइयो । उक्त कलेज सञ्चालनका लागि ४९ जना शेयर सदस्यहरुको साझेदारीमा सहकारीले करिव ६ करोड लगानी गरिसकेको पनि डाँगीले पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्रदेश एकमा कृषि विषयमा प्रभावकारी अध्ययन अध्यापनका लागि स्थापना गरिएको उक्त क्याम्पसले आवश्यक जग्गा खरिद गर्ने कार्य समेत गरेको बताइएको छ ।

आधुनिक कृषि फारम सञ्चालन, कृषि अनुसन्धान केन्द्रको स्थापना र कृषि संग्राहलयकालागि यस जीविका कृषि सहकारी संस्थाले रामधुनी नगरपालिका वडा नं. ६ इचोलमा संस्थाको नाममा ८ बिगाहा जमिन खरिद गरेको छ। योजनालाई सफल बनाउन संस्थाकै जग्गासँग जोडिएको थप ८ बिगाहा जग्गा भाडामा लिएको छ । 

तीन बर्ष भित्रमा जीविका कृषि विज्ञान कलेजलाई आफ्नै जग्गामा स्थानान्तरण गर्ने योजना रहेको पनि जानकारी दिइयो । यसै बर्षदेखि आधुनिक कृषि फार्म र कृषि अनुसन्धानको कार्यक्रम सुरु हुने पनि जनाइयो । उक्त कलेजमा अध्ययन गर्ने बिद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई उच्च र प्रतिस्पर्धी बनाउन, भौतिक, प्राविधिक र शैक्षिक पाटोलाई बिषेश ध्यान दिइ मलेशिया, दक्षिण कोरीया लगायत मुलुकका कृषि क्याम्पसहरुसँग समेत सहकार्य गरेर अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षा प्रदान गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

सहकारीका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बताइए अनुसार नेपाल सरकारको शैक्षिक नीति मुताविक विवाद नभएमा यसै शैक्षिक शत्रदेखि अध्ययन अध्यापन गर्ने उद्देश्यसहित सम्पूर्ण तयारी समेत पुरा गरिसकिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.