Websoft University

लागूऔषध सहित मोरङ र सुनसरीबाट ४ जना पक्राउ


बिराटनगर कार्तिक १७ गते l रातो तारा डट  कम १ नम्बर प्रदेश अन्तर्गत मोरङको बिराटनगर र सुनसरीको धरानबाटप्रहरीले बिहीबार लागूऔषध सहित  जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी धरान उप-महानगरपलिका-२ बस्ने बर्ष २३ को मो. यासिफ अल र मोरङ बिराटनगर महानगरपलिका-१७ बस्ने बर्ष १९ को सुवास रामलापक्राउ गरेको छ । 

दिउँसो करिब साढे २ बजेको समयमा बिराटनगर महानगरपालिका-५ स्थित  बिराट नर्सिङ होम नजिक शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा एभिल-६० एम्पुल, लुपिजेसिक-५३ एम्पुल र डाइजेल्याव-५६ एम्पुल लागूऔषध फेला पारी बरामद गरेको हो । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित तीनकुने चौकबाट लागूऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान-११ बस्ने २१ बर्षीय मनिष राई र धरान-६ बस्ने बर्ष २३ को दिपक राईलाई पक्राउ गरेको हो । 

साँझ करिब पौने ७ बजेको समयमा ईटहरीबाट धरान तर्फ जाँदै गरेको बसमा सवार रहेका उनीहरुलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्रोसनट्याब्लेट-३० चक्की र स्पास्मोप्रोक्सी -२० चक्की फेला पारी बरामद गरिएको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.