Websoft University

सुन्दरहरैचाको बॉसबारीमा सडक दुर्घटना


शिव भट्टराई -सुनसरी कार्तिक २८ गते ।रातो तारा डट कम, मोरंगको सुन्दरहरैचा नगरपालिका वार्ड नं.४ स्थित आज साझ ४ बजे सडक दुर्घटना भएको छ।

पूर्वबाट पश्चिम तर्फ गईरहेको मे.७.प.१६१९ नम्बरको मोटरसाइकलले पैदल यात्री सुन्दरहरैचा न.५ बस्ने अन्दाजी ७० बर्षका कृष्ण पराजुलीलाई ठक्कर दिएको छ।

मोटरसाइकल चालक झापा मचीनगर नगरपालिका ५ बस्ने अन्दाजी ४५ बर्षका योगेन्द्र थापालाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ।

निज घाइतेलाई टाउकोमा गम्भिर चोट परेको र उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लागिएको कुरा प्रहरी चौकी गछियाले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.