Websoft University

एन्जिना हत्याकाण्डका आरोपि ४ रै जनालाई तारिखमा छाड्यो

श्याम राई-गाईघाट,कार्तिक २८ गते । रातो तारा डटकम,
१३ वर्षिया बालिका एन्जिना खड्काको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका ६ जना मध्ये प्रहरीले बुधबार ४ जनालाई सामान्य तारेखमा छाडेको छ । अन्य दुई जना किशोरलाई भने हिरासतमै राखेर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

१७ र १६ वर्षिय ति दुई किशोरलाई प्रहरीले सोमबार र मंगलबार घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । हामी घटनाको निकै नजिक पुगी सकेका छौ । जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी चन्द्रदेब राईले भने । पक्राउ परेका ६ जना मध्ये ४ जनाको घटनामा संलग्नता नदेखिएकोले भनेको बेला प्रहरी कार्यालयमा आउनेगरि सामान्य तारेखमा उनीहरु छाडेको एस.पी राईले बताए ।

उनले पोष्टमार्टम रिपोट आए लगतै घटना सार्वजनिक गरिने बताए । मृतक बालिकाको शब मंगलबार विपि कोईराला मेमोरीयल धरानमा पोष्टमार्टमपछि आफन्तलाई बुझाईएको
छ । पोष्टमार्टको रिपोट अझै नआएको एस.पी राईले बताए ।
उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षिया बालिका आईतबार मृत अवस्थामा भेटिएकी थिईन् । घरदेखि झण्डै १ सय मिटर उत्तरतर्फ उनको शब भेटिएको थियो ।

 शनीबार बाख्रा चराउन गएकी उनको आईतबार दिउँसो शब भेटिएको थियो । शबको प्रकृती हेर्दा बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । पहिचान खुल्ने त्रासमा समूहगत रुपममा बलात्कारगरि हत्या गरेको हुन सक्ने स्थानीयको दाबी छ ।

मुखमा नेप्कीन (हात पुछ्ने कागज ) हालेर बोल्न बन्द गरिएको, मल द्धार च्यातिएको, योनी स्थल सामान्य अवस्थामा नरहेको, घाटीमा नङ्ग गाडीएको, शरीरको विभिन्न भागमा घाऊ देखिएकोले बलात्कारपछि हत्या भएको आशंका अनुसन्धानमा खटेका प्रहरी अधिकृतले बताए ।
उनी जनता मावि लाफागाउँमा कक्षा ९ मा अध्ययरत थिईन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.