Websoft University

लागूऔषध सहित २ पक्राउ

{फायल फोटो }

मोरङ, मंसिर ३ गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार छुट्टाछुट्टै समयमा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

दिउँसो पौने १ बजेको समयमा मोरङ बिराटनगर-६ बस्ने बर्ष २४ को समर साहलाई लागूऔषध एभिल-३२, लुपिजेसिक-३२ र डाईजेल्याब-३२ एम्पुल र दिउँसो पौने ३ बजेको समयमा सुनसरी ईटहरी-४ बस्ने बर्ष ३२ को सुवास घिमिरेलाई एभिल-१०, लुपिजेसिक-१०, डाईजेल्याब-१० र फेनारगन-१० एम्पुल सहित पक्राउ गरिएको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतको जोगवनीबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा पाउडरको बट्टा र पाईन्टको गोजीमा लुकाई छिपाई राखेको लागूऔषध फेला पारी बरामद गरेको हो ।

बरामद लागूऔषध सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.