Websoft University

बलात्कार मुद्दाको आरोपी एक युवक जेल चलान


श्याम राई-उदयपुर,गाईघाट,मंसिर ४ गते । रातो तारा डट कम, धरौटी रकम बुझाउन नसक्दा बलात्कार मुद्दाको आरोपी एक युवक जेल चलान भएका छन् । उदयपुरको रौतामाई गाउँपालिका–३ का २८ वर्षिया डम्बर वहादुर राई जिल्ला कारागार उदयपुर चलान भएकाछन् ।

जिल्ला न्यायधिस तिर्थराज केसीको एकल ईजलासले राईलाई आईतबार ६० हजार रुपैया लिई रिह ागर्ने आदेश गरेको थियो । तर राईले उक्त रकम बुझाउन नसकेपछि सोमबार उनलाई कारागार चलान गरिएको अदालतले जनाएको छ ।

राईलाई अदालतले धरौटी लिएर रिहा गर्नु, बुझाउन नसके कारागार चलान गर्नु भन्ने आदेस गरेकोथियो। श्रेस्तदार राज कुमार आचार्यले भने । आदेश अनुसार धरौटी रकम नबुझाएकोले उनलाई कारागार पठाएको हो । उनले भने ।

गत असोज ३ गते ९ वर्षिया बालिकालाई घरमा कोही नभएको मौकापारी सुति रहेको बेला राईले बलात्कारको प्रयास गरेका थिए । बालिका कराएपछि राई भागेको थिए ।

बालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालयमा असोज ६ गते राई विरुद्ध जाहरी दिएपछि उनलाई प्रहरीले ७ गते पक्राउ गरेका थिए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.