Websoft University

सुमोको ठक्करबाट पैदयात्रीको मृत्यु

(फायलफोटो)

मोरङ, मंसिर ३ गते । रातो  तारा डट कम,मोरङको उर्लाबारी नगरपालिका-३ थापा चोकमा सोमबार सुमो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फजाँदै गरेको को १ ज २९२१ नम्बरको टाटा सुमो गाडीले पैदलयात्री उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष ५५ को मन बहादुर राईलाई बिहान करिब ५:५० बजे ठक्कर दिएको थियो ।

बाटो क्रस गर्ने क्रममा सुमोको ठक्करबाट गम्भीर घाइते राईको उपचारको क्रममा बिराटनगर स्थित न्यूरो अस्पतालमा बिहान सवा ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ठक्कर दिने सुमो र चालक ईटहरी उप-महानगरपालिका-५ बस्ने बर्ष २० को राजु राईलाई नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
टेम्पोको ठक्करबाट पैदलयात्री घाइते,मोरङको बिराटनगर

महानगरपालिका-१४ साल्ट ट्रेडिङ चोकमा सोमवार टेम्पोको ठक्करबाट १ जना पैदलयात्री घाइते भएका छन् । करिब बिहान साढे ५ बजेको समयमा तत्काल नम्बर नखुलेको टेम्पोको ठक्करबाट मोरङको जहदा गाउँपालिका-२ बस्ने बर्ष ५५ को सिताराम मण्डल घाइते भई उपचारको लागि कोशी अंचल अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

ठक्कर दिने टेम्पो र चालक फरार भएकोले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.