Websoft University

१३ वर्षिया बालिका एन्जिला खड्का शंकास्पद अवस्थामा मृत फेला-प्रहरीले घटनाको अनुसन्धान सुरु गर्यो


श्याम राई÷उदयपुर-गाईघाट,कार्तिक २६ गते ।
रातो तारा डट कम, १३ वर्षिया बालिका एन्जिला खड्का शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुर सहितको टोली घटना स्थलमा पठाएको छ ।

उदयपुरको रौतामाई गाउँपालिकाका १३ वर्षिया खड्का आईतबार मृत अवस्थामा फेला परेकी थिईन् । शनीबार दिउँसो घरदेखि बाख्रा चराउन हिडेकी स्थानीय दुर्गा वहादुर खड्काकी छोरी एन्जिला भोली पल्ट दिउसो लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी थिईन् ।

साँझसम्म पनि नफर्केपछि स्थानीय गाउँले र आफन्तले रातभरी बालिकाको खोजी गरेपनि आईतबार दिउसो २ बजे मात्र भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी. चन्द्र देब राईले बताए ।

उनले जिल्लाबाट डि.एस.पी. अर्जुन राणाभाटको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पठाएको बताए । प्रहरी टोलीसँगै काठमाडौंबाट तालिम प्राप्त कुकुरलाई समेत सोमबार पठाएको उनले बताए । प्रहरीले घटनाको सुक्ष्म रुपमा अध्ययन शुरु गरेको उनले बताए ।‘ घटना शंकास्पद देखिएको छ । हामीले बलात्कार पछि बालिकाको हत्या गरिएकोआशंका गरेका छौ ।’ उनले भने ।

घटना गाईघाट देखि झण्डै ७० किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्दछ । बालिकाको घरदेखि झण्डै १ सय मिटर माथि सालको रुख मुनी शब फेला परेको छ ।‘ शबको मुखमा नेप्कीन – हात पुछने कागज) कोचिएको छ । भने अनुहारमा नङ्गा्राएको डाम र कपडा च्यातिएको छ ।’ घटना स्थल पुगेका रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताए ।‘ बालिका माथि बलात्कार पछि हत्या गरेको हुन सक्ने हामीले अनुमान गरेका छौ ।’ उनले भने । बलात्कारपछि घटना सार्वजनिक हुने डरले बालिकाको हत्या गरेको हुन सक्छ ।’ अध्यक्ष खड्काले भने ।

बालिकाको बाबु भने केही दिन अघि मोटरसाईकल दुर्घटनामा परेर घाईते भै गाईघाटस्थीत आफन्तको मा बसेर उपचार गरि रहेकाछन् । उनले घटनाको अनुसन्धानगरि दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

कक्षा–९ मा अध्ययनरत बालिकाको मृत्यु पछि पूरै गाउँ शोकमा डुबेको छ । उनका शहपाठीहरु घटना पछि निकै चिन्तित बनेको गाउँपालिकाको अध्यक्ष खड्काले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.