Websoft University

अरनिको राजमार्गमा गृहमन्त्रीले सफाई सुरु गरे


काठमाडौ मंसिर ८ गते । रातो तारा डट कम,गृहमन्त्री रामबहादुर थापाले सरकार अहिले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा लागेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको अगुवाईमा ७ गतेदेखि सफा, स्वच्छ र सुरक्षित भक्तपुर जिल्ला अभियानको सुरुवात गर्दै गृहमन्त्री थापाले सरकार अहिले समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा रहेको बताउँदै समृद्धि बिना सुख सम्भव नभएको बताए ।

मदिरा अपराधको जड भएको र यसकै कारण दुर्घटना र महिला हिंसा समेत बढेको बताउँदै गृहमन्त्री थापाले मदिरा र लागुऔषधलाई नियन्त्रण गर्न तर्फ गृह मन्त्रालयले बिशेष चासो दिएको बताए ।

पुर्ब मन्त्री तथा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले नेपालकै नमुना सडकको रुपमा रहेको अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको ६ लेन सडकमा दुर्घटना हुने क्रम बढ्दै गए पछि ६ लेन सडकलाई केन्द्रित गर्दै यो अभियान संचालन गरिएकोे बताए ।

सांसद प्रेम सुवालले छ लेन सडकलाई सुरक्षित र जाममुक्त बनाउन भक्तपुर जिल्लाको पहल मात्र पर्याप्त नहुने भन्दै यसमा केन्द्र र प्रदेश सरकारको पहल समेत अपरीहार्य रहेको बताए ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अभियान अन्तर्गत आजदेखि एक महिनासम्म निरन्तर सुरक्षित, सफा र ब्यबस्थित राजमार्ग अभियान संचालन गरिने जानकारी दिंदै राजमार्गलाई चुस्तदुरुस्त राख्न र्यापीड रोड रिपीयर टिम समेत गठन गरिने बताए ।

गृहमन्त्री थापाले अभियन्ताहरुलाई सफाईका सामाग्री हस्तान्तरण अभियानको शुभारम्भ गरेका हुन् ।

पूर्वमन्त्री एवं प्रतिनिधीसभा सांसद महेश बस्नेत, अर्का सांसद प्रेम सुवाल, प्रदेश नं। ३ का सांसद शशीजंग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ लगायतका जनप्रतिनिधि र अभियन्ताहरुलाई कूँचो, डोको, साबेल, माक्स, पञ्जा लगायतका सामाग्री हस्तान्तरण गर्नुका साथै आफैले कूचो लगाएर गृहमन्त्रीले अभियानको शुभारम्भ गरेका हुन् ।

अरनिको राजमार्ग सफाई अन्तर्गत दैनिक सुरक्षाकर्मी सहित एक सय जना खटिने बताउँदै प्रमुख जिल्ला अधिकारी भट्टले सामाजिक रुपान्तरण गर्न सवै तह र तप्काको साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

भक्तपुरलाई जाममुक्त, सुन्दर, सरुक्षित तथा समद्ध बनाउने यो अभियानको मूख्य उद्देश्य रहेको छ । शान्ति, सुरक्षा, अमनचयन कायम राख्नका साथै समृद्ध भक्तपुर निर्माण गर्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अभियान सुरु भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.