Websoft University

जवरजस्ति करणि घटना गुपचुप रहेको एक साता पछि खुलासा



शिव भट्टराई सुनसरी कार्तिक २५ गते ।

मोरङको विराटनगर स्थित घिनाघाट घर भएकी वर्ष १५ की नावालिक केटि (नाम न खुलाइने शर्तमा) लाइ दुहवी १ स्थित  घर भएका अन्दाजी वर्ष २० का जुवेर मियाँले जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएको एक साता पछि प्रहरीले घटनाको खुलासा भएको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझ्दा कार्तिक १७ गते शनिवार जुवेर मियाँले जवरजस्ती करणी गरेर फरार भएको खुलेको हो । जिप्रका सुनसरीले दिएको जानकारी अनुसार इनरुवा स्थितमा रहेको मिनी हाइवे होटलमा ललाइ फकाइ गरेर लगि डरत्रास देखाइ जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

गत शनिवार दिउँसो मियाँले ति नावालिक केटिलाइ घर पुर्याइ दिन्छु भनेर सुनसरी मोरङको सिमाना स्थित दुहवीको बुढीखोला पारिबाट ललाइ फकाइ गरि आफनो मोटरसाइकलमा चढाएर लगेपछि ति वालिकाले मेरो घर त मोरङ हो तपाँइले मलाइ सुनसरी तर्फ किन लादै हुनुहुन्छ भनेर प्रतिकार गरेपछि मियाँले मेरो मोटरसाइकलको लाइसेन्स छैन तेहि भएर भित्री बाटोबाट लगेको भनेपछि वालिका विश्वस्त भएकी थिइन । मीयाँले ति वालिकालाइ भित्री बाटो प्रयोग गरेर इनरुवा लगेका थिए ।

इनरुवा स्थितमा रहेको मिनी हाइवे होटलमा ललाइ फकाइ गरेर ति वालिकालाइ डर धम्की देखाइ जवरजस्ती करणी गरेको केहि घण्टा पछि पुन तेहि वाटो प्रयोग गरेर मियाँले ति वालिकालाइ दुहवीमा छोडेर फरार भएको जाहेरीमा उल्लेख छ । मियाँ फरार भएपछि ति वालिकाले तत्कालै इप्रका दुहवीमा जानकारी दिएपछि प्रहरीले पिडीत वालिकालाइ उद्धार गरि मियाँको खोजतलास गरिरहेको जिप्रका सुनसरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.