Websoft University

सुकुम्बासी टोलको ‘ग्याङ फाईटमाा घाइतेको उपचारका क्रममा मृत्युु


काठमाडौं,मंसिर ९ गते । रातो तारा डट कम, बानेश्वरस्थित गैरीगाउँमा ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको छ । गैरीगाउँको सुकुम्बासी टोलमा दुई समूहबीच ‘ग्याङ फाईट’ सोही टोलमा बस्दै आएका विक्की लिम्बुको मृत्यु भएको 
हो । ग्याङ फाईट हुँदा अर्को समूहले खुकुरी प्रहार गरेपछि सिभिल अस्पताल बानेश्वरमा उपचारका क्रममा विक्कीको मृत्यु भएको बताईएको छ ।

घटनामा अनिल श्रेष्ठ (बर्ष २३) गम्भिर घाईते भएका छन्, उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । बानेश्वरका सुकुम्बासी टोलमा ग्याङ फाईट भएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘घटनाको थप विवरण आउन बाँकी छ ।’
प्रहरी स्रोतका अनुसार सुकुम्बासी बस्तीस्थित बाग्मती पुलवारीको शान्तिनगर टोल र पुलपारीको जोगी टोलमा बस्दै आएका दुई समूहको बिचमा ड्रग्सको डिलरको विषयलाई लिएर खुकारी हानाहान भएको थियो । ग्याङ फाईटमा संलग्नमध्ये अधिकांश ड्रग्स प्रयोगकर्ता तथा कारोवारी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.