Websoft University

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान


बिराटनगर, मंसिर १० गते । रातो तारा डट कम,२६ औ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत
आइतवार १ नम्बर प्रदेश अन्तर्गत रहेका १४ वटै जिल्ला प्रहरी कार्यालयहरुले सचेतनामूलक र्‍याली निकालेको छ ।

जिल्ला स्थित रहेका सरकारी तथा गैह्र-सरकारी कार्यालय तथा स्थानीय भद्र भलादमी, बिभिन्न स्कुलका शिक्षक, बिद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहरुको उपस्थितीमा उक्त कार्यक्रमको आयोजना गरिएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महिला हिंसा तथा लैङगिक हिंसा, ''लैङिक हिंसा दुर्ब्यवहार छैन हामी लाई स्वीकार" र “लैङ्गिक हिंसा र बलात्कार छैन हामीलाई स्वीकार” लेखिएको प्लेकार्ड सहित बजार परिक्रमा गरिएको थियो ।

कार्यक्रम जिल्ला स्थित रहेका प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख तथा उप-प्रमुखको आतिथ्यतामा सम्पन्न भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.