Websoft University

१२५ किलो मरिच बरामद


झापा, मंसिर १०  गते । रातो  तारा डट कम,झापाको मेचीनगर नगरपालिका-६ जेसिका ठ्याटक भन्ने स्थानबाट प्रहरीले १ सय २५ किलो मरिच सहित १ जनालाई पक्राउ गरेको छ ।

राती सवा ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी १ लाख २५ हजार मूल्य बराबरको मरिच सहित सोही स्थान बस्ने बर्ष २५ को मन्दिप राजवंशीलाई पक्राउ गरेको हो ।

बरामद मरिच आवश्यक कानूनी प्रकृया पश्चात कारवाहीको लागि भन्सार कार्यालय बुझाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.