Websoft University

विराट गोल्डकपको हिसाब सार्वजनिक -बचत ५लाख मत्र


विराटनगर,मंसिर १० गते । रातो तारा डट कम, सालको विराट गोल्डकप सकिएको ८ महिनापछि आयोजकले खर्च विवरण सार्वजनिक गरेको छ । विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका संयोजक नविन रिजालले विराट गोल्डकप २०७४को आय ब्यय सार्वजनिक गरेका हुन ।
मोफसलमा पहिलो पटक फ्लड लाईट जडान गरेर गत चैत १७ देखि २६ गते सम्म आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाईट) प्रतियोगिताको आय व्यव विवरण आज विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

ब्यय सार्वजनिक गर्दै आयोजकले विराट गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ ं संस्करण नाफामा गएको बताएको छ । प्रतियोगता पाँच लाख ८८ हजार पाँच सय ८१ रुपैयाँ नाफा भएको आयोजक समितिका अध्यक्ष नविन रिजालले जानकारी गराए ।

अध्यक्ष रिजालका अनुसार प्रतियोगितामा एक करोड ३० लाख ८५ हजार छ सय ६६ रुपैयाँ आम्दानी भएको छ । आम्दानी मध्ये एक करोड २४ लाख ९७ हजार ८५ रुपैयाँ खर्च भएर पाँच लाख ८८ हजार पाँच सय ८१ रुपैयाँ बचत भएको जानकारी रिजालले दिए ।

खर्च विवरण अनुसार प्रतियोगिताको प्रायोजक र प्रबद्र्धकबाट करसहित कुल ५८ लाख १५ हजार, टिकट बिक्रीबाट ५० लाख ३५ हजार र विभिन्न संघ–संस्था तथा व्यक्तीबाट ३४ लाख ८३ हजार गरी १ करोड ४३ लाख ३४ हजार रुपैयाँ आम्दानी भएको थियो । त्यस्तै, खर्च तर्फ ग्राउन्ड मेन्टीनेन्स, खेलाडी व्यवस्थापन, मञ्च व्यवस्थापन, टावर निर्माण, यातायात, विज्ञापन, फ्लेक्स, मसलन्द छपाई, अतिथि सत्कार आदि गरेर १ करोड २९ लाख ५ हजार खर्च भएको अध्यक्ष रिजालले जानकारी दिए ।

मोफसलमै पहिलो पटक डे–नाइट प्रतियोगिता गराउन सफल विराट गोल्डकप यस वर्ष पनि चैत महिनाको दोस्रो हप्तामा गर्ने तयारी भइरहेको विराट गोल्डकप ट्रष्टका कार्याबहाक अध्यक्ष सन्तोष बानियाले जानकारी दिए। विराटनगरमा आउँदो फागुन २७ गतेदेखि साफ च्याम्पियनसिप महिला फुटबल हुने तयारी भइरहेको कारण केही पर सर्ने सम्भावना रहेको बानियाको भनाइ छ ।

२०१८ सालबाट महेन्द्र गोल्डकपका नाममा सञ्चालित यो प्रतियोगिताको नाम २०६७ सालदेखि भने परिवर्तन गरेर विराट गोल्डकप बनाइएको थियो । २०६८, २०६९, २०७१ र २०७२, २०७४ सालमा भने विराट गोल्डकपका नाममा प्रतियोगिता सञ्चालन गरिदै आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.