Websoft University

ट्याक्टर चालकसहित १२० क्विन्टल केराउ प्रहरीले नियन्त्रणमा लियो

(फायलफोटो)
काठमाडौ मंसिर ३ गते । रातो तारा डट कम,पर्सा - जिल्ला प्रहरी कार्यालय पर्साले साबिकको अलौ गाविस हालको वीरगन्ज महानगरपालिका-१७ अलौबाट ठूलो परिणाममा अवैध तरिकाले भारत लाँदै गरेको मटर (केराउ) बरामद गरेको छ।
दुईवटा ट्याक्टरमा लोड गरी अवैध तरिकाले भारततर्फ लान थालेको अवस्थामा ट्याक्टरका चालकसहित १२० क्विन्टल मटर प्रहरीले नियन्त्रणमा लिएको जानकारी गराएको छ।

प्रहरीले  नियन्त्रणमा लिए लगत्तै आफ्नो तर्फबाट अनुसन्धान सुरु  गरिरहेको जनाएको छ । केही भरपर्दो सूचनाहरु प्रहरीलाई आइसकेको भए पनि प्रहरीले धेरै सयम सामान राखिराख्न नमिल्ने कानूनी प्रावधानले थप अनुसन्धान र कारबाहीका लागि सामान, सवारीसहित मानिसलाई सोमबार नै वीरगन्ज भंसार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले  जानकारी गराएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.