Websoft University

भरुवा बन्दुक सहित १ पक्राउ


तेह्रथुम, कार्तिक ३०  गते । रातो  तारा डट कम,तेह्रथुमको फेदाप गाउँपालिका-५ बाट प्रहरीले भरुवा बन्दुक सहित बिहीबार १ जनालाई पक्राउ गरेको छ । बन्दुक सहित सोही स्थान बस्ने बर्ष ४० को बुद्ध बहादुर
तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

 बिहान११ बजेको समयमा निजको श्रीमती बर्ष ३५ की दलमाया तामाङसंग घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी घाईते बनाएको र भरुवा बन्दुक समेत ताकेको भनि प्रहरी चौकी सम्दुमा स्थानीयले जानकारी गराएका थिए । घटनाको जानकारी पाउनासाथ तत्काल खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिई घरमा
खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा बारुद भरेको राखेको १ नाल भरुवा बन्दुक बरामद गरेको थियो ।

खुकुरी प्रहारबाट घाइते भएकी निजको श्रीमतीको ईसिबु स्वास्थय चौकीमा उपचार भईरहेको छ । बन्दुक सहित पक्राउ परेका तामाङलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेको उक्त
कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.