Websoft University

सहकारी संस्था लि. दुलारीको २७ औ बार्षिक साधारण सभा सम्पन्न


शिव भट्टराई - मोरङ कार्तिक १६ गते । रातो तारा डट कम,
मोरंङको सुन्दरहरैचा-६ मा रहेको सहकारी संस्था लि. दुलारीले २७ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।साधारण सभा यसै संस्थाका सेयर सदस्य जेष्ठ नागरिक  टेक बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा र सहकारीका अध्यक्ष कृष्ण प्र.भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

सहकारी संस्था लि. दुलारीले २७ औ वार्षिक साधारण सभाको अवसर पारेर उत्कृष्ठ ऋणी सेयर सदस्यहरुलाई सम्मान गरेको थियो।साधारण सभामा अहिले सम्म ७०५ जना सेयर सदस्य पुगेको कुरा जानकारी गराईयो।

यस साधारण सभामा संस्थाका सचिव चैतन्य प्र. सिटौला , सुन्दरहरैचा-३ का वार्ड अध्यक्ष जीवन ढुंगाना, सुन्दरहरैचा-४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेष्ठ, साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रबिन्द्र आचार्य लगायतका सहकारीका अभियन्ताहरुले सुभकामना दिदै सहकारीले आफ़्नो स्तर उन्नतिका लागि कृषि डी.पो संचालन हुनुपर्ने साथै कृषि बजारहरु संचालनको ब्यवस्थापन गर्नुपर्ने कुरा बताउनु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.