Websoft University

मारुती र मोटरसाईकल जुध्दा १ को मृत्यु १ घाइते

{फायल फोटो}

झापा, कार्तिक १८  गते । रातो तारा  डट कम, झापाको कमल गाउँपालिका-३ स्थित पूर्व पश्चिम रामजार्गमा मारुती भ्यान र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे २ च ११८१ नम्बरको भ्यान र बिपरित दिशाबाट आउँदै गरेको मे ६ प ८९७४ नम्बरकोन  मोटरसाईकल दिउँसो साढे १ बजे ठक्कर खाई हिजो  दुर्घटना भएको थियो ।

 दुर्घटनामा परि मोटरसाईकलको पछाडी सवार पाँचथर कुम्याक गाउँपालिका-२ बस्ने बर्ष २८ को
श्वण कुमार शर्मा गम्भिर घाइते भई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा १:४० बजे मृत्यु भएको हो। त्यसैगरी मोटरसाईकल चालक दमक नगरपलिका-६ बस्ने बर्ष ४० को तारा शर्मा समेत घाइते भई उपचारको लागि बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पताल
पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको लाश पोष्टमार्टमको लागि लाईलाईन अस्पताल दमकमा राखिएको छ भने मारुती र चालकलाई प्रहरी चौकी केर्खाको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.