Websoft University

अग्रणी सामुदायिक कृषि सहकारी संस्थाको आठौ बार्षिक साधारण सभा सम्पन्


शिव भट्टराई - सुनसरी कार्तिक १८ गते । रातो तारा डट कम,
अग्रणी सामुदायिक कृषि सहकारी संस्था सुन्दरहरैचा-४ दुलारीले आफ्नो आठौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ।साधारण सभा प्रदेश नं.१ का कृषि सहकारी संघका अध्यक्ष खगेन्द्र राज भण्डारीको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष सोभित पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ।यस कार्यक्रम अग्रणी सामुदायिक कृषि सहकारी संस्थाका सचिव मोहन प्रसाद ढकालद्वारा सञ्चालन भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख़ अतिथि भण्डारीले संस्था पारदर्शी तरिकाले चल्न सकोस् , यस संस्थाले नाम अनुसारको काम गर्न सकोस् ,स्थानीय सरकार सँग सहयोग लिएर काम गर्न सकोस् , कृषि सहकारीले उत्पादन गरेको कृषि सम्बन्धी सामनको बजार बिस्तार गरेर अगाडी बढ्नु पर्ने साथै सहकारीले एकीकरण गरेर अगाडी बड़्दा राम्रो हुने कुरा बताउनु भएको थियो।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था दुलारीका अध्यक्ष अजम्बर राई ,अग्रणी सामुदायिक कृषि सहकारी संस्था दुलारीका अध्यक्ष सोभित पौडेल , साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रबिन्द्र आचार्य , लगायत सहकारीका अभीयन्ताहरुले आफ़्नु धारणा ब्यक्त गरेका थिए भने सुन्दरहरैचा-४ का वार्ड अध्यक्ष शैलेन्द्र श्रेस्ठ , सुन्दरहरैचाकी उपमेयर धना तमांग ,सुन्दरहरैचा-०७ का वार्ड अध्यक्ष चैतन्य प्रसाद सिटौला लगायतको उपस्थिति थियो।

आठौ साधारण सभाको अवसर पारेर यस संस्थाले जेष्ठ नागरिक , एस.ई.ई  परीक्षामा उत्कृष्ठ अंक ल्याउने छात्रा सामना भट्टराई र छात्र मनीष पाण्डे गरी बिभिन्न बिषयमा जम्मा ४० जनालाई सम्मान गरेको थियो।संस्थले अहिले सम्म ८०२ सेयर सदस्य बनाउन सफल भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.