Websoft University

प्रदेशसभा अधिवेशन अन्त्य


काठमाण्डौं,असोज २४ गते । रातो तारा डट कम, प्रदेशसभाको दोस्रो अधिवेशन हिजोदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो ।

समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको स्पष्ट गर्नुभयो ।

उहांँले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै सङ्घीय सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको गुनासो गर्नुभयो ।

उहांँले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको टिप्पणी गर्नुभयो । उहांँले प्रदेशसभाको तेस्रो अधिवेशनको शुरुमै राजधानी र नामकरण टुङ्गो लगाइने बताउनुभयो ।

प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा सो प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राख्नुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिनुभयो ।

प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ सहयोगको आवश्यकता आँैल्याउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.