Websoft University

एक्सन फर सोसल चेन्जले गर्यो-शुभकामना आदानप्रदान सम्मान कार्यक्रम


काठमाडौ असोज २३ गते । रातो तारा डट कम,
ललितपुर: एक्सन फर सोसल चेन्ज (बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र)ले सामाजिक एकताको लागि शुभकामना आदानप्रदान सम्मान साथै
बा- आमा घरको निर्माण, सहयोगात्मक साँस्कृतिक साँझ २०७५ भव्य रुपमा सम्पन्न गरेको छ। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतको पहलमा एक्सन फर सोसल चेन्जले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझ आयोजना गरेको हो। 

कम्तिमा  ५०० जना उपस्थित भएको उक्त कार्यक्रम सोमबार साँझ ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरिएको थियो। आयोजक एक्सन फर सोसल चेन्जका अध्यक्ष बिनयजंग बस्नेतले कार्यक्रम भव्य र सभ्य रुपमा आयोजना भएको प्रतिक्रिया दिए।

'दशैँ नजिकदै गरेको भएतापनि अपेक्षा गरेको भन्दा बढी मानिस उपस्थित थिए।' उनले भने, 'यो कार्यक्रम सामाजिक अभियानको लागि सबैजना एकजुट हुनुपर्छ भन्ने अभियान र सन्देश थियो, अभियानमा एकजुट हुनुपर्छ भनेर सबै अतिथीको उपस्थिती रह्यो।' कार्यक्रममा लागुपदार्थ बिरुद्ध जनचेतनामुलक डकुमेन्ट्री 'नदेखिएका आँशु'को प्रोमो समेत सार्वजनिक गरिएको थियो।

कार्यक्रमको सुरुमा गायक इश्वर अमात्यले सांगीतिक प्रस्तुति दिएर कार्यक्रमको माहोल तताएका थिए । कार्यक्रममा रेशम थापा र गोबिन्द धनरामले दोहोरि गीत मार्फत दर्शकलाई मनोरंजन प्रदान गरेका थिए भने डिज राज पौडेलले आफ्नो चर्चित गीत गाएका थिए। कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेलले हाँस्य व्यंग्यात्मक प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा होचा पुड्का संघका कलाकार, पवित्रा लामा तथा स्थानीय महिला समाजसेवीहरुले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा हाल अशक्त रहेका गायक बुद्धिकृष्ण लामिछानेलाई सम्मान समेत गरिएको थियो। बरिस्ठ हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक पुण्य कर्ममा बिनयजंग बस्नेतले देखाएको काम उदाहरणीय भएको बताए।  बेवारिसेहरुको व्यवस्थापन तथा ससम्मान सद्गत गरि समाजसेवाको क्षेत्रमा नौलो आयाम अन्तर्गत उनले गरेको कामको खुलेर तारिफ गर्दै भावुक समेत बने।    

सांस्कृतिक कार्यक्रममा भिम प्रसाद पोखरेलले पचास हजार, बिष्णु राई(खोटांग)ले पन्ध्र सय, जेन कुमार लामाले पांच हजार, अभ्युदय बचत तथा ऋण सहकारी संस्थाले एक्कौन्न हजार पांच सय पन्ध्र,

ललितपुर: एक्सन फर सोसल चेन्ज (बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र)ले सामाजिक एकताको लागि शुभकामना आदानप्रदान सम्मान साथै सहयोगात्मक साँस्कृतिक साँझ २०७५ भव्य रुपमा सम्पन्न गरेको छ। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतको पहलमा एक्सन फर सोसल चेन्जले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझ आयोजना गरेको हो। कम्तिमा  ५०० जना उपस्थित भएको उक्त कार्यक्रम सोमबार साँझ ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरिएको थियो। आयोजक एक्सन फर सोसल चेन्जका अध्यक्ष बिनयजंग बस्नेतले कार्यक्रम भव्य र सभ्य रुपमा आयोजना भएको प्रतिक्रिया दिए।

'दशैँ नजिकदै गरेको भएतापनि अपेक्षा गरेको भन्दा बढी मानिस उपस्थित थिए।' उनले भने, 'यो कार्यक्रम सामाजिक अभियानको लागि सबैजना एकजुट हुनुपर्छ भन्ने अभियान र सन्देश थियो, अभियानमा एकजुट हुनुपर्छ भनेर सबै अतिथीको उपस्थिती रह्यो।' कार्यक्रममा लागुपदार्थ बिरुद्ध जनचेतनामुलक डकुमेन्ट्री 'नदेखिएका आँशु'को प्रोमो समेत सार्वजनिक गरिएको थियो।

कार्यक्रमको सुरुमा गायक इश्वर अमात्यले सांगीतिक प्रस्तुति दिएर कार्यक्रमको माहोल तताएका थिए । कार्यक्रममा रेशम थापा र गोबिन्द धनरामले दोहोरि गीत मार्फत दर्शकलाई मनोरंजन प्रदान गरेका थिए भने डिज राज पौडेलले आफ्नो चर्चित गीत गाएका थिए। कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेलले हाँस्य व्यंग्यात्मक प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा होचा पुड्का संघका कलाकार, पवित्रा लामा तथा स्थानीय महिला समाजसेवीहरुले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा हाल अशक्त रहेका गायक बुद्धिकृष्ण लामिछानेलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमका अतिथि बरिस्ठ हाँस्य कलाकार मनोज गजुरेलले सामाजिक पुण्य कर्ममा बिनयजंग बस्नेतले देखाएको काम उदाहरणीय भएको बताए।  बेवारिसेहरुको व्यवस्थापन तथा ससम्मान सद्गत गरि समाजसेवाको क्षेत्रमा नौलो आयाम अन्तर्गत उनले गरेको कामको खुलेर तारिफ गर्दै आजकल केहि एनजीओ र आइएनजिओ डलरको खेतीमा लागेको अवस्थामा बस्नेतको जस्तो निस्वार्थ र सत्य समाजसेवा जोकोहीले गर्न नसक्ने भन्दै एकै क्षण भावुक समेत बने। विगत र वर्तमानझैँ आगामी दिनमा पनि बस्नेतको अभियानमा आफ्नो साथ रहने प्रतिबद्धता जनाउदै उनले सबैलाई अभियानमा एकजुट हुन आग्रह समेत गरे।     

सांस्कृतिक कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाबाट चेक र नगद गरेर ८४ हजार संकलन भएको र ३५ हजार कार्यक्रममा खर्च भएको संस्थाको अध्यक्ष  बिनयजंग बस्नेतले जानकरी दिए। बस्नेतले सामाजिक अभियानमा एक हुनुपर्छ भन्ने अभियान सफल परिदिनुभएकोमा उपस्थित सवैलाइ धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोग पाउनेमा आशावादी रहेको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.