Websoft University

पेट्रोल पम्पमा सिलबन्दी


काठमाडौ असोज २४ गते । रातो तारा डट कम,
कलैया-गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले
हिजो बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको
छ ।

कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिनुभयो ।

अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा पल्सर, गेयरमा समेत सिल नभएको हुँदा बाध्य भई नोजल सिल गरिएको प्रमुख यादवले जानकारी दिनुभयो ।

त्यसैगरी विजय आयलको डिजलमासमेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको उहाँले भन्नुभयो । के–कति कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.