Websoft University

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न - बिवाद तलैदेखि मिलाउन सुझाव


बिराटनगर कार्तिक १० गते । नेपाली काँग्रेसको मोरङ क्षेत्र नम्बर ५ ले मोरङको धनपालथान दाँदर बैरियामा आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका केन्द्रीय नेतालाई तल्लो तहबाट विवाद र गुटगत राजनीति त्यागेर विधान तथा विधि सम्मत राजनीति गर्न सुझाव दिएका हुन ।

कार्यक्रममा काँग्रेसमा समाहित भएको तत्कालीन फोरम लोकतान्त्रिकका केन्द्रीय अध्यक्ष तथा हाल काँग्रेसका उपनेता विजयकुमार गच्छदारसहितका सहभागी नेतालाई एकताको वास्तविक अनुभव दिलाउन सहभागीले आग्रह गरे ।

वडा दसै, तिहार, छठलगायत पर्वको सन्दर्भ पारेर गरिएको कार्यक्रममा काँग्रेसका बुथ सभापति सलिम मियाँले भने,‘काँग्रेस एक भएर गाउँ पस्ने हो भने गुमाएको साख फिर्ता गर्न कठिन छैन तर नेता र नेतृत्व एक ढिक्का हुन जरुरी छ ।’ जहदा गाउँपालिका काकाँग्रेस कार्यकर्ता महेनद्रप्रसाद मण्डलले मनमुटाव र तिक्तता त्यागेर नेतृत्व अघि बढ्दै काँग्रेसमा रुपान्तरण गर्न जरुरी भएको बताए । भने,‘तल्लो तहमा रहेका समस्या समाधान गर्दै गए काँग्रेस अर्को पटकको चुनावबाट फेरि एक नम्बर पार्टी बन्न सक्छ ।’

ट्रेड युनियन काँग्रेस प्रदेश १ अध्यक्ष नारायणबाबु कार्कीले काँग्रेस नयाँ विधानको प्रतिक्षामा रहेको बताउँदै भने,‘व्यक्तिविशेष हावी हुने भन्दा विधिविधानले चल्ने पार्टी बनाउन जरुरी छ ।’पूर्व सांसद उषा सरदारले पार्टी बीच एकीकरण भएकोले अब तलबाट समेत सबै पदहरु मिलाएर अघि बढ्न सुझाव दिइन ।

काँग्रेसका उपनेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टी अब एक ढिक्का भएर अघि बढ्ने बताउँदै भने,‘अब नयाँ सोचका साथ अघि बढ्नुको विकल्प छैन ।’ उनले काँग्रेसको साख र विगत अझै दह्रो रहेको चर्चा गरे ।

काँग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले काँग्रेसको संगठनलाई सुदृढीकरण गर्न अब तल्लो तहसम्म अभियाननै चलाइने बताए । भने,‘काँग्रेस अब नयाँ सोच र जाँगरका साथ अघि बढ्ने छ ।’ सांसद डा। डिला संग्रौलाले पार्टी अब नयाँ हिसाबले अघि बढ्ने तर्खरमा रहेको बताइन । त्यस अवसरमा आमन्त्रिक केन्द्रीय सदस्य हसन अन्सारी,पार्टीका जिल्ला सभापति डिगबहादुर लिम्बू, नेपाल महिला संघकी मोरङ सचिव प्रमिला थापा, नेविसंघका केन्द्रीय सह–महामन्त्री कृष्ण कार्कीलगातले बोलेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.