Websoft University

सुकुना बहुमुखी क्याम्पसमा-स्नातक तहमा विविए कक्ष संचालनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न


शिव भट्टराई -कार्तिक १० गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसको स्नातक तहमा विविए संचालनका लागि शनिवार अन्तरक्रिया कार्यक्रम भएको छ । त्रिभुवन विश्व विद्यालयबाट आएका डीनको टोली र सरोकारपक्ष बीच अन्तरक्रिया कार्यक्रम भएको हो ।

त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट डिन डा. डिल्लीराज शर्माको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा डिन शर्माले विविए संचालनको विषय त्यति सहज नभएको बताएका
 छन् ।

यो विद्यार्थीहरुको भविष्य र अभिभावक रकम नष्ट गर्नका लागि होइन एउटा दक्ष नागरिक उत्पादन गर्ने कार्यक्रम भएको हुँदा त्यसका लागि दक्ष शिक्षकहरुको आवश्यक पर्ने शर्माले बताए । केहि क्याम्पसहरुमा विविए कार्यक्रममा समस्या पनि आएको उदाहरण दिदै शर्माले क्याम्पसमा कति जना प्राध्यापकहरुले एमफिल गर्ने हो त्यसको प्रतिवद्धता चाहिन्छ अनि मात्र विविए संचालनका लागि स्वीकृति दिने शर्माले बताए ।

कार्यक्रममा विद्यार्थी राजनीतिबारे टिप्पणी गर्दै शर्माले अबको विद्यार्थी राजनीति गुणस्तरीय शिक्षाको निम्ति हुनु पर्ने बताउदै विविए संचालनका लागि कुनै पनि वाधा अवरोध हुन नहुने बताए ।

सुकुना क्याम्पस लगायत पब्लिक क्याम्पसलाई क्युयुए मान्यता दिलाउन आफूले भूमिका निर्वाह गरेको प्रशंग निकाल्दै शर्माले साधरण नेपाली नागरिकका पढ्ने क्याम्पसहरुलाई प्रवद्र्धन गर्न सक्यो भने नेपाली मुद्रा अध्ययनकै लागि भनेर बाहिर नजाने पनि बताए ।

धेरैवटा कक्षा धाउने क्याम्पस प्राध्यापकहरु तर्फ लक्षित गर्दै त्यसता प्राध्यापकहरुलाई ‘हेल्मेड टिचर’ भनिन थालिएको छ अब त्यस्ता शिक्षकबाट विविए संचालन हुन नसक्ने बताए । तसर्थ विविए संचालनका लागि पहिलो त शिक्षकनै तयारी हुनुपर्ने दोहो¥याएका थिए ।

व्यवस्थापन तथा सरोकारवाला पक्षको प्रतिवद्धता पछि डिन शर्माले विविए संचालनका लागि आफूले प्रक्रिया अगाडि बढाउने बताए । कार्यक्रममा सहायक डिन दिनेशमणी घिमिरेले विविएको अवधारणको विषयमा आफ्ना भनाई राखेका थिए ।

त्यसैगरी स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा.महानन्द चालिसेले विविए संचालनका चुनौतिका विषयमा आफ्ना विचार राखेका थिए । कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, लोकप्रसाद संग्रौला,सुन्दरहरैंचा नगरपालिकाका कार्यवाहक मेयर धना तामाङ, नगरपालिकाका प्रमुखप्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, निवर्तमान क्याम्पस प्रमुख पितकुमार श्रेष्ठ, व्यवस्थापन समितिका सदस्य केदार गुरागाईं , उद्योग वाणिज्य संघका नवराज चापागाईले पनि व्यवस्थापन तथा सरोकारवाला पक्षको तर्फबाट प्रतिवद्धता मन्तव्य राखेका थिए ।

त्यसैगरी नेविसंघ ईकाई सभापति विजय तोलाङ्गी, अनेरास्ववियु ईकाई सभापति मिलन बस्नेतले पनि क्याम्पसमा विविए संचालनका सहज वातावरण वताउन सहयोग गर्ने प्रतिवद्धता मन्तव्य राखेका थिए । कार्यक्रम क्याम्पस संचालन समितिका अध्यक्ष देवेन्द्र मास्केको सभापतित्वमा सम्पन्न भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.