Websoft University

नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश


काठमाडौ कार्तिक १० गते । रातो तारा डट कम,काठमाडौंमा जारी साफ यु–१५ फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा सम्पन्न समुह ए को खेलमा बंगलादेशले माल्दिभ्सलाई पराजित गरेपछि नेपाल आफ्नो समुह चरणको एक खेल अगावै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको हो।

माल्दिभ्स भने समुह चरणमा खेलेका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट वाहिरिएको छ। नेपालले यसअघि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले पराजित गरेको थियो। शनिबारको खेलमा समेत माल्दिभ्स बंगलादेशसँग पराजित हुन पुग्दा समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका हुन्।

बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गर्यो। समुह ए को अन्तिम खेलमा आयोजक नेपाल र बंगलादेशबीचको खेल आगामी सोमबार हुनेछ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.