Websoft University

फर्निचरमा आगलागी १० लाखको क्षति


झापा, कार्तिक ६ गते । रातो तारा डट कम,झापाको मेचीनगर नगरपालिका-९ मुक्ति टोल स्थित पाथिभरा फर्निचर उद्योगमा मंगलबार राती आगलागी भएको छ । राती करिब साढे १ बजे बिजुलीको तार सर्ट
भइ आगलागी हुँदा १ थान जेनेरेटर, फर्निचरको औजार, पेन्टिङ गर्ने कलर, प्लाईउड, तयारी अवस्थाको दराज, पलङ, सिलिङ काठ, फर्निचर भएको घर जलेर नष्ट हुँदा अन्दाजी १० लाख मूल्य बराबरको क्षति भएको छ ।

 घटनाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोली,
दमकल र स्थानीयवासीको सहयोगमा उक्त आगो राती साढे २ बजे नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.