Websoft University

मोटरसाइकलसहित कपडा बरााामत


काठमाडौ कार्तिक ६ गते । रातो तारा डट कम,  कात्तिक । रौतहट बारा र सिम्रौनगढ नाकाबाट भारतीय नम्बर प्लेटको एक मोटरसाइकलसहित करीब रु दुई लाख ५० हजार मूल्यको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

भारतबाट भन्सार छली बाराको कर्चोवा नाका हुँदै रौतहटको सीमा भएर ल्याइँँदै गरेको तयारी कुर्तासल्वार, पेन्टी, सुट र अन्य कपडा आज बिहान रौतहट सशस्त्र प्रहरी सरमुज्वाले बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक सुवास भट्टराईको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले रौतहटको मौलापुर नगरपालिका वडा नं ८ सगैया पिपरिया टोलबाट भारतीय मोटरसाइकलसहित पक्राउ बरामद गरेको कपडा र मोटरसाइकल आवश्यक कारवाहीका लागि आज गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो ।

चाडपर्वको मौका छोपी बारा, पर्सा, रौतहटलगायत जिल्लामा तस्करी फस्टाएको छ । सीमापारिबाट भारतीय मालसामान नेपाल भित्र्याउन रौतहटका बेलबिछवा, गौर भन्सार, महादेवपट्टि, बञ्जरहा, औरैया र रामपुरखाप, बाराका कचोर्वा, सिम्रौनगढ खजानी, बेलदारी, कवहीगोढ, मटीअर्वा र मुसहरवा तथा पर्साका इनार्वा, अयैब, भिखम्पुर, सिमरा, सुख्खा बन्दरगाहलगायत नाकाबाट तस्करी हुन थालेपछि नियन्त्रण गर्न निर्देशन दिइएको मध्यक्षेत्रीय प्रहरी कार्यालय बर्दिबासका सशस्त्र प्रहरी नायब महानिरीक्षक कवीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.