Websoft University

निषेधित क्षेत्रमा अवैध गिट्टी उत्खनन गर्ने २ ट्याक्टर प्रहरी नियन्त्रणमा


शिव भट्टराई - सुनसरी कार्तिक ६ गते । रातो तारा डट कम,
मोरङको प्रहरी चौकी गछियाले अवैध उत्खननमा सक्रिय दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

प्रहरीले को २ त ६३९४ नम्बरको र को १ त ७६३१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको कुरा जनाएको छ।

सुन्दरहरैचा ६ र ७ को बीचमा अवस्थित गछिया खोलाको निषेधित क्षेत्रबाट ति ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी चौकी गछियाले जनाएको छ।

निषेधित क्षेत्रमा अवैध रुपमा गिट्टी उत्खनन गरिरहेको अवस्थामा ति ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिईएका ट्याक्टरहरुलाई कारवाहीको लागि सुन्दरहरैचा नगरपालिका पठाएको गछिया प्रहरीले जनाएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.