Websoft University

५ लाख मूल्य बराबरको कपडा बरामद


झापा, आश्चिन २८ गते । रातो तारा डट कम,
प्रहरीले शनिबार झापाको मेचीनगर नगरपालिका-२ बाट अन्दाजी ५ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।

राती ११ बजे मालचन गोएल चिया बगानको नेपाल-भारत सीमानाबाट जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको उक्त थान कपडा बरामद गरेको थियो ।

 प्रहरीको टोलीलाई देख्नासाथ कपडा ओसार-पसारमा संलग्न व्यक्ति फरार रहेकोले खोजी कार्य भईरहेको तथा बरामद कपडा आवश्यक कारवाहीको लागि भन्सार बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.