Websoft University

साना किसान कृषि सहकारीको २२ औ साधारण सभा सम्पन्न-रातो ताराका पत्रकार भट्टराई पनि सम्मानित

बिराटनगर असोज २८ गते । रातो तारा डट कम,
मोरङको सुन्दरहरैचा वार्ड नं ६ मा रहेको साना किसान कृषि सहकारीको २२ औ  साधारण सभा आज सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष रविन्द्र आचार्यको सभाध्यक्षमा सम्पन्न भएको साधारण सभामा नेपाल कृषि सहकारीका केन्द्रीय उपाध्यक्ष मदन कुमार दाहालको उपस्थिति रहेको थियो, भने विशेष अतिथि साना किसान विकास बैक लिमिटेड इटहरीका प्रबन्धक सरोज भट्टराई , साना किसान कृषि सहकारी का १ नं प्रदेश संयोजक खगेन्द्र राज भण्डारीको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कृषि सहकारीका केन्द्रिय उपाध्यक्ष मदन कुमार दाहालले साना किसान कृषि सहकारी सस्था लिमिटेड सुन्दरपुर २२ औ साधारण सभा सम्म आइपुग्दा हिजो गरिबी न्युनिकरण गर्ने उद्देश्यले स्थापना गरिएको यस सस्थाले आज मध्यम वर्गिय नागरिक उत्पादन गरिसकेको छ ।

उहाले आगामी वर्षको साधारण सभा सम्ममा जुन २९०० शेयर सदस्य बनाउने लक्ष्य लिईरहेको छ त्यो बनाइरहदा ती खोलामा बसेर गरिबिको रेखामुनी रहेका गिट्टी कुट्ने नागरिकहरु कहि कतै छुटेका छन भने ती नागरिकलाई समेत समेट्न आग्रह गर्नु भएको थियो ।

उक्त सहकारी सस्थाका अध्यक्ष रविन्द्र आचार्यले सस्थाको ०७४/०७५ को आय व्यय सार्वजनिक गर्दै अन्तरास्ट्रिय सहकारीको मूल्य मान्यता र सिद्दान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकीकृत गर्दै टोल बस्तिमा रहेको गरिबीका रेखा  मुनिका गरिबी साना उधमी किसानहरुलाई समूह मार्फत समुहको मालामा उनी समुहगत माध्यमबाट उनिहरुको मुख्य रुपमा सामुहिक चेतना भरी सामाजिक आर्थिक र सास्कृतिक विकासका लागि यस सहकारीको स्थापना आज भन्दा २२ वर्ष अगाडि जन्म भई विभिन्न आरोह अवरोह पार गर्दै सदस्यहरुको सहि सुझाव सल्लाह र लगानीका साथै संख्याका संचालकको ठूलो मिहिनेतका साथ यो सस्थाले आफ्नो पहिचान बनाउन सकेको बताउनु भएको थियो । साथै उहाले सस्थालाई आ. व. २०७४/०७५ मा रु ६३,५५,१८१ नाफा भएको र शेयर सदस्य २३८३ जना रहेको बताउनु भएको थियो ।

२२ औ साधारण सभाको अवसर पारी सस्थाले जेष्ठ नागरिक , शेयर सदस्यहरुको छोरा छोरीहरु मध्ये बाट S.L.C मा उत्कृष्ट नम्बर ल्याउने विधार्थीहरु साथै विभिन्न व्यवसाय गर्ने सस्थाका शेयर सदस्य हरु मध्ये बाट उत्कृष्ट व्यवसायिहरुलाई सस्थाले सम्मान गरेको थियो ।

कार्यक्रममा स्थानिय क्षेत्रमा रहेर पत्रकारिताको माध्यमबाट सहकारीको गतिविधिलाई राष्ट्रीय स्तर सम्म पुर्याउदै सहकारीको प्रचार प्रसार गर्न सहयोग गरेको भन्दै, रातो तारा डट कम का पत्रकार शिव प्रसाद भट्टराईलाई सस्थाले सम्मान गरेको थियो ।

उक्त साधारण सभाको कार्यक्रम भने प्रदिप लम्सालले सञ्चालन गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.