Websoft University

राष्ट्रीय स्तरका चर्चित कलाकारहरुको साथमा सर्लाहीको हजरियामा सम्मान तथा बृहत् सास्कृतिक कार्यक्रम हुदै



काठमाडौ असोज २८ गते । रातो तारा डट कम,विजया दशमी तथा दुर्गा पुजाको अवसरमा सर्लाहीको हजरियामा सम्मान तथा बृहत् सास्कृतिक कार्यक्रम हुदै छ । रास्ट्रिय स्तरका चर्चित कलाकारहरुको साथमा यहि २०७५ असोज ३१ गते बुधबार बिहान ११ बजे हजरियाको ९भगवतीपुर० चोकमा हुने श्री मा शक्ति दुर्गा क्लव का अध्यक्ष रघुबिर महत्तो बताए ।

नेपालका चर्चित कलाकार निखिल उप्रेती,कमल खत्री,कर्ण राज गिरि,शिबशंकर रिजाल ९जोगिन्द्र०,सुनिल पण्डित,इष्टु कार्की,सेलिना कुवर,विजय बराल, राम ठाकुरसंगै निर्देशकद्वय प्रदीप भट्टराई र पुर्नेन्दु झाको पनि उपस्थिति रहनेछ भने साथमा  अझै चर्चित कलाकारहरु पनि आउने छन् ।

यसको अन्तिम तयारीमा रहेको र यसले राम्रो संदेश जाने क्लव का अध्यक्ष रघुबिर महत्तो बताए । अध्यक्ष रघुबिर महत्तो भन्छन् यस कार्यक्रममा आउने सबै कलाकारहरु हाम्रो सर्लाही जिल्ला हो । यस कार्यक्रमले अझै हौसला र सम्मान आउने कलाकारहरु पाउनु हुन्छ भने आशा गरेको छु ।

यसको उदेश्य भनेको सर्लाहीको ठाउँ,गाउँ र कलाकारहरु चिनाउनु हो । कार्यक्रममा नेपाली,भोजपुरि,मैथिली गीत संगीत, नृत्य र हास्य व्यंग्यको जोडदार प्रस्तुति रहने छ । प्रबेश निशुल्क रहेको उक्त सास्कृतिक कार्यक्रममा मा दुर्गा क्लबले बिजया दशमिको शुभकामना संगै सम्पुर्णमा उपस्थितिको लागि सबैमा अनुरोध गर्दछौं ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.