Websoft University

निवन्ध प्रतियोगितामा भवानी लिम्बू प्रथम भइन्

(फायलफोटो)
संखुवासभा-असोज १५ गते । रातो तारा डट कम,
 ६३ औ प्रहरी दिवसको अवसरमा खाँदवारीको बरुण क्याम्पसमा भएको  कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु वीच भएको जिल्ला स्तरीय  निवन्ध प्रतियोगितामा सभापोखरी गाउँपालिका  वडा नं.६ स्थित त्रिवेणी माविमा अध्ययनरत कक्षा १० मा अध्ययनरत भवानी लिम्बू प्रथम र द्धितीय हिमालय मावि खाँदवारीमा कक्षा १० मा अध्ययनरत संझना राई हुनुभएको छ ।

गत असोज १० गते भएको दिवसको अवसरमा भएको  ‘यौनजन्य हिंसाः कारण, रोकथाम र नागरिकको भुमिका’ विषयक निवन्ध प्रतियोगितामा उत्कृष्ट छनौट भएका  प्रथम र द्धितीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुको निवन्ध १ नं. प्रदेश अन्तरगत छनौट प्रतियोगिताको लागि  एक नं.प्रदेश प्रहरी कार्यालय विराटनगर पठाउने जिल्ला प्रहरी कार्यालय संखुवाले जनाएको छ ।

 विजयी विद्यार्थीको पासपोर्ट साइजको फोटो समेत जिल्ला प्रहरी कार्यालय संखुवासभाले माग गरेको थियो । उत्कृष्ट छनौटमा परेका विजयी प्रथम र द्धितीय विद्यार्थीहरुलाई जिल्ला र प्रदेशमा छुट्टा छुट्टै नगद पुरस्कारको व्यवस्था भएको समेत जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी श्याम कुमार सारु मगरले वताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.