Websoft University

अवैध सामान सहित महिला पक्राउ


मोरङ, आश्चिन १५ गते । रातो तारा डट कम,
मोरङको विराटनगर महानगरपालिका-१५ स्थित पानी ट्याङकी नजिकबाट प्रहरीले अवैध सामान सहित १ महिलालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले जोगवनीबाट भन्सार छली गरी ल्याउँदै गरेको अवस्थामा अन्दाजी ९ हजार ९ सय ९० रुपैँया मूल्य बराबरको खाद्यान्न सामाग्री सहित सुनसरी दुहबी नगरपालिका-४ बस्ने ३५ बर्षीया उर्मीला चौधरीलाई पक्राउ गरेको हो ।

बरामद सामान सहित चौधरीलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानी मोरङमा बुझाईने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.