मोरङ, साउन २० गते । रातो तारा डट कम,प्रहरीले मोरङ जिल्लाको विराटनगर १५ स्थित रानी एरियाबाट आइतबार विहान ११ बजे १ लाख ५६ हजार ३ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी, अस्थायी प्रहरी पोष्ट मटेरुवा र सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १६२ थान लेडिज टप्स, १२ पिस कुर्ता, साडी, २ क्यारेट अण्डा र खाद्यान्न सामाग्रीहरु तेल, जिरा, भुजिया बरामद गरी भन्सार बुझाएको छ ।
बरामद सामान आइतबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
यसैगरी सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका(४ स्थित साहेबगञ्ज(कप्तानगञ्जसडक खण्डबाट आइतबार बिहान ९ बजे ३० किलो अवैध सुपाडी सहित जिल्ला सुनसरी देवानगञ्ज गाउँपालिका(१ बस्ने वर्ष २३ को सन्तोष मेहेता पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले मेहेतालाई बा ३५ प १९८५ नम्बरको मोटरसाइकलमा राखेर भारततर्फ सुपाडी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । बरामद सुपाडी, मोटरसाइकल सहित पक्राउ परेका मेहेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
Post a Comment