मोरङ, साउन २० गते । रातो तारा डट कम,मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका ४ स्थित गछिया खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ दोहन गर्ने ५ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।
इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आइतबार बिहान ०७.३० बजे खोलाबाट अवैध रुपमा ढुङा बालुवा निकाल्दै गरेको अवस्थामा को २ त ७३१७, को २ त ७०३७, को २ त ७२२३, को २ त ४१०५ र को १ त ६९४९ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।
बरामत ट्याक्टरहरु अनुसन्धानका लागि प्रहरी चौकी गछियामा राखिएको छ ।
Post a Comment