Websoft University

प्रधानमन्त्री केपी शर्मा ओली संग उधोगपति र व्यापारीले भेटघाट गरे

काठमाडौ साउन २० गते । रातो तारा डट कम,
उद्योग संगठन र व्यापार संघ मोरङको सकृयतामा देशका ईटहरी, झापा, भद्रपुर, दमक, बिरगन्ज, भैरहवा, नेपालगन्ज, बुटवल, ताप्लेजुंग, धनकुटा, पांचथर लगायत विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुका तर्फबाट सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओलीज्यू, माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डज्युको उपस्थितिमा नेपाल सरकारका आर्थिक क्षेत्रमा सरोकार राख्ने बिभिन्न ७ जना माननीय मन्त्रीज्यूहरु, माननीय सभाषदज्यूहरु,श्रीमान सचिवज्यूहरु, मन्त्रालयका सहसचिवज्यूहरु,नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखको लगायत उच्च पदस्थ कर्मचारीहरुको उपस्थितिमा प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा उद्योगी ब्यवसायीहरुले भेटगरी सुझाव दने काम गर्नु भएकोछ।

१९ गते बिहान ११ बजे देखी २ बजेसम्म ३ घन्टाको प्रस्तुती कार्यक्रममा मोरगं ब्यपार संघका अध्यक्ष श्री पवन कुमार सारडाले सम्माननीय प्रधान मन्त्री, पूर्व प्रधानमन्त्री, माननीय मन्त्रीज्युहरु, माननीय सभाषदज्यहरु, नेपाल सरकारका सचिवज्युहरु तथा उच्च पदस्थ कर्मचारीज्युहरु, विभिन्न जिल्ला उद्योग वाणिज्य संघहरुबाट आउनु भएका अध्यक्ष एबं प्रतिनिधिज्यूहरुमा स्वागत मन्तब्य प्रस्तुत गर्दै सरकारसंग काधमा काध मिलाएर काम गर्न तयार रहेको वताउनु भयो । उद्योग संगठन मोरंगका अध्यक्ष श्री भीम घिमिरेले उद्योगी ब्यवसायीहरुको तर्फबाट संयुक्त रुपमा तयार पारिएको उद्योगी ब्यवसायीहरुको समस्या, सुझाव र अपेक्षा सम्बन्धी प्रस्तुती गरिएको  विज्ञप्ति मार्फत रातो तारा डट कम लाइ जानकारी गराएको छ।

प्रधानमन्त्रीज्युले सबैको तर्फबाट भएको फरक खाले यस प्रस्तुतीको प्रसम्शा गर्दै भन्नु भयो । नीजी क्षेत्र र सरकार  दुइटा पाटा होइन एउटै पाटा हुन । हामी सबै समष्या क्रमिक रुपमा समाधान गर्दर्छौ । तत्काल समाधान गर्नु पर्ने कार्य तुरुन्तै र दीर्घकालिन रुपमा गर्ने कार्य नीति नियम परिबर्तन गरेर गर्छौ । नीजि क्षेत्रसंग सहकार्य गर्न हामी (सरकार) तयार छौ । नीजि क्षेत्रले अतालिने काम छैन ।

नीजि क्षेत्रसंग असल साझेदारको रुपमा हामी अगाडि बढ्छौ, तयार छौ, यस्का लागि प्रधानमन्त्रीज्युले एउटा कार्यदल बनाउने घोषणा पनि गर्नु भयो । सो कार्यदलमा उद्योग संगठन मोरंगका र मोरंग व्यापार संघका अध्यक्षको नेतृत्वमा बढीमा ५ जना सदस्य रहेको कार्यदल बनाउने निर्णय गरीयो ।

उक्त कार्यदलले सबै समष्या समाधानका लागि गर्नु पर्ने विवरण पेश गरेपछि भएका समष्याहरुको निराकरण गर्ने कार्य गरी उद्योग ब्यवसायका क्षेत्रमा परेका समष्याहरु समाधान गरिनेछ । सो समितिले प्रधानमन्त्री कार्यालयका सचिवज्युसंग समन्वय गरी काम गर्नेछ ।

सम्माननीय प्रधानमन्त्रीज्युले प्रस्तुतीका बारेमा पहिले भन्दा फरक भिन्न प्रकृतिको रुपमा पेश भएको पाए । राष्ट्रियता प्रति देश विकास प्रति ओतप्रोत भएको रुपमा पाएको छु । उद्योगीहरु पैसा कमाउने मात्र होइन यो देश निर्माण गर्ने कार्यमा भूमिका निर्वाह गर्न तयार भएको कुरा प्रष्ट भएको छ । प्रधानमन्त्रीज्यूले उद्योग÷व्यवासयमा लागेको करहरुको पक्षमा आफु नरही एउटै कर लाग्नु पर्नेमा आफु पूर्ण सहमत रहेको स्पष्ट पार्नु भयो । उहाले सरकारले गर्ने काम डाटा सहित नीजीक्षेत्र तपाईहरुले प्रस्तुत गर्दा म अत्यन्तै खुशी छु र यहांहरुबाट सरकारलाई भएको यस मार्ग निर्देशन समेतका लागि धन्यबाद दिन चाहान्छु ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले सम्वोधन गर्दै भन्नु भयो उद्योगी÷व्यवासाय क्षेत्र पहिला देखिनै समस्यामा हुनुहुन्छ । व्यापार व्यवसायमा आफ्नो नाफा लिनै पर्छ तर अनूचित लिनु हुदैन जिम्मेवार भएर देशको आर्थिक विकासमा पनि लाग्नु पर्ने वताउनु भयो । उहाले उद्योगी÷व्यवसायीले उठाएको कुरा सही र समस्याहरु विभिन्न ठाउबाट आएकोमा मेरो ध्यानाकर्षण भएको छ मैले तपाईहरुका समस्या प्रधानमन्त्रीज्यूलाई अवगत गराएको छु भन्नु भयो । 

प्रधानमन्त्रीज्युले  ३ घन्टा उच्च महत्वका साथ समय दिछ।भयो । प्रस्तुती पछि प्रधानमन्त्रीज्यु र पूर्व प्रधानमन्त्री माननीय पुष्प कमल दहाल प्रचण्डज्युले मात्र सम्बोधन गर्नु भएको संगठनका कार्यकारिणी समिति सदस्य एवं प्रवक्ता नन्दकिशोर राठीले जानकारी गराउनु भयो ।

उद्योग संगठनका अध्यक्ष श्री भीम घिमिरेज्युबाट यत्रो लामो समय र सम्बन्धीत मन्त्रीज्यु र उच्च पदस्थ कर्मचारीहरुलाई उपस्थित गराएर उद्योगी ब्यवसायीहरुको अपेक्षा सुझाब र प्रस्तुतीमा समय दिई सो को निराकरण गरी समाधान गरिने प्रतिबद्धता गरी दिनु भएको धन्यबाद दिनु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.