मोरङ, साउन २० गते। रातो तारा डट कम प्रहरीले मोरङ जिल्लाको कटहरी गाउँपालिका ९१ महेशपुरबाट शुक्रबार १५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले महेशपुर स्थित रेखा राई दनुवारको घरमा अवैध रुपले घरेलु मदिरा उत्पादन गरेको फेला पारेपछि १५० लिटर तयारी मदिरा सहित मदिरा बनाउन प्रयोग हुने १७ थान सिल्भरका भाँडा समेत बरामद गरेको छ ।
मदिरा उत्पादनमा संलग्न रेखा राईलाई एक पटकका लागि सम्झाई बुझाई गरी छाडिएको वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ ।
Post a Comment