बिराटनगर साउन २० गते । रातो तारा डट कम,
आज ३१औ हप्ता पनि यस परीवर्तनका लागि हातेमालोको सरसफाई अभियानले निरन्तरता पायो । यस संस्था ले बिराटनगर ८ मा रहेको बिराटेश्वर बृदा आश्रममा बृहत
संस्थाका कार्यकर्ताको उपस्थीतीमा भव्य सरसफाई
कार्यक्रम सम्पन्न भयो ।
बिगत ३०औ हप्ता देखी बिराटनगरका बिभिन्न चौक र सरकारी कार्यालय सार्वजनिक स्थल मठ मन्दिरमा सरसफाई तथा बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको यस हातेमालोले अव आउने दिनमा पनि यस्तै समाज परीवर्तनका निम्ती बिभिन्न खाले चरण बद्द कार्यक्रमहरु गर्दै लाने हातेमालोका अधक्ष्य सामाजिक अभियान्ता बिनोद परीयारले जानकारी गराउनु भयो ।
हामी निरन्तर अभियानमा छौ हामी संधै यसरी सांकेतिक अभियान मात्रै गर्दैनाै हाम्रो यो अभियानलाई स्थानीय सरकारले वास्ता नगरे र यो फोहोर व्यव्स्थापनमा अनुगमन नगरी पैलाको जस्तै गरि कार्य गरीयो भने यस्को विकल्प हामी अरुनै ढंगबाट प्रस्फुटन गर्न खोजिरहेकाा छाै ।
तसर्थ हामी महानगरपालिका तथा स्थानिय सरकारको ध्यान आकषर्ण गर्दछौ, वेवास्ता गरिएमा हामी स्थानिय सरकारको प्रतिनिधि समक्ष फोहोर उपहार दिन पनि पछि नहट्ने बताएका छन।
अभियानलाई समाज सेवि , बुद्धिजीवी ,बिधार्थी ,युवा जमात सम्पुर्ण को साथ र सहयोगमा चलेको हातेमालोका सचिव तुलसी घिमीरेले बताउनु भयो ।
यो कार्यक्रम हाम्रो ५० औ हप्ता सम्म चल्ने समेत रातो तारा डट कम लाई जानकारी गराइएकोछ।
Post a Comment