Websoft University

शिक्षादीप कलेजले ११ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण सोमबार सम्पन्न गर्यो


विराटनगर, असार  ३२ गते । रातो तारा डट कम, विराटनगरमा रहेको शिक्षादीप कलेजले ११ औ ब्याचका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण सोमबार सम्पन्न गरेको छ ।

गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकायका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेम्सका सीईओ डा. नविन शर्मा, विराटनगर महानगर पालीकाका प्रमुख भीम पराजुली कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, विज्ञान संकायका कार्यक्रम संयोजक वसन्त बस्नेत, प्रा.डा. ईन्दुशेखर झा, निर्दशकहरु सोम निरौला, ललितनारायण मण्डल र रमेश मण्डललगायले कलेजको बारेमा जानकारी गराएका थिए । भर्ना भएका ७ सय जना विद्यार्थीहरुलाई अभिमुखिकरण दिएका थिए ।

अभिमुखिकरणमा सहभागी भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज शिक्षादीप भएकोले हाम्रो रोजाईमा परेको विद्यार्थीहरु निकीता साह, अमिसा कार्की, आस्मा तुलाधर र सुरज खडकाले बताए ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.