Websoft University

बलात्कारको अभियोगमा ४ युवा पक्राउ परे

(फायलफोटो)

श्याम राई-गाईघाट,असार ३२ गते । रातो तारा डट कम,
एक महिलालाई अपहरणगरि गाडी भित्रै जबजस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सोमबार विहान चार जना युवालाई पक्राऊ गरेको छ ।

सिराहाको लहान बजारदेखि आईतबार राती ८ बजे ३५ वर्षिया (माया नाम परिवर्तन) लाई अपहरणगरि गाडी भित्रै बलात्कार गरेको अभियोगमा प्रहरीले गाडी सहित लहान नगरपालिका वडा ७ बस्ने २४ वर्षिय अमित गुप्ता, सोही ठाउँका २५ वर्षका सन्देश गुप्ता, २५ वर्षका विवेक साह र सिराहा मिर्चैयाका रितेश कुमार साहलाई पक्रउ गरिएको एस.पी. नवराज भट्टले बताए ।

प्रहरीले वा १४ च ६८१७ नम्बरको स्कार्पियो गाडी भित्रबाट नग्न अवस्थामा ति महिला सहित ति युवाहरुलाई उदयपुरको लालपत्ता प्रहरी चौकीले विहान २ बजे पक्राउ गरेको एस.पी.भट्टले बताए । बलात्कृत महिला भारतीय रहेको खुल्न आएको छ । पिडित महिलाले आफूलाई चार युवाले गाडी भित्रै सामुहिक बलात्कार गरेको प्रहरी समक्ष बताएकी छिन् ।

मादक पदार्थ सेवन गरेका ति युवाहरुले लहान बजारदेखि जवजस्ती गाडीमा चढाएर सामुहिक बलात्कार गरेको उनको भनाई उद्धृत गर्दै एस.पी भट्टले रातो तारा लाइ बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.