विराटनगर,असार ३२ गते । रातो तारा डट कम,
सार्वजनिक सवारी साधनलाई ट्राफिक नियम पालना गराउन मोरङ प्रहरीले कडा कदम चाल्ने भएको
छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
साउन १ गतेदेखि विराटनगरको मुख्य बजार ट्राफिक चोकदेखि जलजला मोडसम्म पार्कीङ निषेध गरिएको छ । मुख्य बजार क्षेत्रमा एकतर्फी पार्कीङ हुदै आएको थियो । तर जिल्ला ट्राफिक प्रहरी कार्यालयले साउन १ गतेबाट पार्कीङ निषेधित क्षेत्र घोषणा गरेको हो । बजार क्षेत्रमा बुधहाट चोकको ए र बि प्लटमा पार्कीङको व्यावस्थापन मिलाइएको ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक शिव पोखरेले बताए ।
पार्कीङ निषेधित क्षेत्र घोषणा गरिएपछि विराटनगरको बुधहाट चोकदेखि जलजला चोक सम्म हुदै आएको एक तर्फी दुर्ई पाङ्ग्रे सवारी साधनकालागि हटेको छ । विराटनगर महानगरपालिकासँगको समन्वयमा सडकमा पार्कीङ निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कायालय मोरङका प्रमुख प्रहरी निरिक्षक पोखरेलले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरिक्षक पोखरेलले सार्वजनिक बसमा अपांग, महिला, वृद्धवृद्धा मैत्री हुनु पर्ने समेत बताए । यसको लागि सार्वजानिक बसले महिला, वृद्धवद्धा र अपांगको लागि छुटै सिटको व्यवस्था गरेको हुनु पर्ने छ । ‘सार्वजनिक बसबाट यात्रहरु ठगिएको जनसुनासो आउने गरेको छ,’ उनले भने, ‘यात्रु ठगिनबाट जोगिन सार्वजनिक सवारी साधनमा भाडादर उल्लेख गरिएको हुन पर्ने नियम लागु गरेका छौं ।
यो नियम साउन १ गतेदेखि लागु हुने जानकारी दिदै पोखरेलले उक्त नियमको उल्लंघन गरेको पाइए नियमानुसार कारबाही हुने बताए । उनले भने, पहिलो चरणमा सवारी चालकलाई सम्झाउने काम गर्नेछौं । एक सता पछि सवारी साधनले नियम कार्यन्वयन नगरे कारवाहीको प्रक्रिया अगाडी बढाउनेछु,’ उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पोखरेलका अनुसार साउन १ गतेदेखि विराटनगरको फुटपाथका पसल हटाउने, पार्किङको व्यवस्थापन गर्ने, हाइवेका होटल तथा रेष्टुरेन्ट अगागि पार्किङ गर्न नदिइने, हस्पिटल अगाडिको सडकमा पार्किङ हटाउने पनि जानकारी दिए ।
महानगर पािलकाको ट्राफिक व्यवस्थापन गर्न महानगरपालिकासँग समन्वय गर्ने, जथाभावि राखिएका निर्माण सामाग्री पनि हटाइउने उनले जानकारी दिए ।

Post a Comment