विराटनगर,असार ३२ गते । रातो तारा डट कम,
मोरङ जिल्ला जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
विराटनगरमा आज एक कार्यक्रमको आयोजनागरी मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
योसगै मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औ जिल्लाका रुपमा र एकनम्वर प्रदेशकोे १२ जिल्लाको रुपमा घोषणा भएको छ ।
एक नम्वर प्रदेशका समाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणासंगै यसलाई निरन्तरता दिन सबैको ध्यान जान जरुरी भएको वताए ।
कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रोलले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि तयार परिएको प्रतिवद्धता पत्र पढेर सुनाए ।
जिल्ला जनस्वास्थ्य मोरङका निमित्त प्रमुख रमानन्द यादवले जिल्लाका १५ महिना उमेर पुगेका सबै बाल बालिकालाई रोगविरुद्ध लड्ने ११ प्रकारका सबै खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए । उनले मोरङ जिल्लामा ३ सय ३३ खोप केन्द्र मार्फत ११ सरुवा रोग विरुद्ध २० हजार हजार ७५ जना बाल बालिकालाई पूर्ण खोप प्रदान गरिएको छ ।
सो अवसरमा २०७० सालमा मोरङ जिल्लाको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । मोरङका १ महानगरपालिका ८ नगरपालिका र ८ गाउ“पालिका सहित १७ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोणण भई सकेको छ ।
Post a Comment