Websoft University

साउन १ गतेदेखि १८ जिल्ला कार्यलयहरू खारेजीमा परे


काठमाडाैं, साउन १ गते ।  रातो तारा डट कम,
संघअन्तर्गत रहेका अधिकांश जिल्ला कार्यालय आज (मंगलबार)देखि खारेज हुँदै छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालयहरू खारेज भएर स्थानीय तहमा हस्तान्तरण भएका हुन् । सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो ।

सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले
सन्चार कर्मीलाइ बताए ।
साउन १ गतेदेखि खारेज भएका कार्यालयहरूको नाम :-
-  जिल्ला शिक्षा कार्यालय
– जिल्ला जनस्वास्थ्य कार्यालय
– जिल्ला कृषि विकास कार्यालय
– जिल्ला पशुसेवा कार्यालय
-  जिल्ला प्राविधिक कार्यालय
– जिल्ला वन कार्यालय
-  जिल्ला बाल कल्याण समिति
–शान्ति समिति
-  जिल्ला सहकारी कार्यालय
- भू–संरक्षण कार्यालय
- घरेलु तथा साना उद्योग
–महिला तथा बालबालिका कार्यालय
–जिल्ला अस्पताल
–जिल्ला सिँचाइ कार्यालय
- जिल्ला खानेपानी कार्यालय
–सहरी विकास डिभिजन कार्यालय
- जिल्ला खेलकुद विकास समिति रहेकाछन।
  www.ratotara.com
  मा पनि हेर्न सकिन्छ ।
  २०७५

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.