Websoft University

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी


(फायलफोटो)


काठमाडौ साउन १ गते । रातो तारा डट कम, भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ ।

नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन गरेको, नारायण किराना स्टोरमा म्याद नाघेको सामान मिक्स फ्रुट जाम–८ र फ्लिक मिल्क चकलेट भेटिएकाले त्यस्ता खाद्य पदार्थ नष्ट गरिएको, मिति नभएको सैंजु दही भेटिएकाले मिति नभएको बिक्री वितरण नगर्न, पेटीमा राखेको सामान हटाउन, फ्रिज राख्ने फलामे फ्रेम हटाउन र पसल व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

त्यस्तै, अनुगमनकै क्रममा कक्षपति किराना पसलमा प्याकिङ सामानमा लेबल नभएको, म्याद नाघेको सामान पान्टेन स्याम्पु एक, डिटोल ह्यान्ड वास एक र श्रीशिव पञ्जाबी मसला पापड एक भेटिएकाले त्यस्ता सामान नष्ट गरिएको छ । त्यस्तै, पेटीमा राखेको फ्रिज राख्ने फ्रेम तीन दिनभित्र हटाउन निर्देशन दिएको छ ।

यता मेरो श्रेष्ठ किराना पसलमा प्याकेजिङको समानमा लेबल नराखी बिक्री गरेको, प्रजापति भेज स्टोरले एउटा पसल दर्ता गरी दुई वटा सञ्चालन गरेको, प्याकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको, मूल्यसूची नराखेको पाइएपछि तत्काल कानूनी व्यवस्थाअनुसार गर्न निर्देशन दिएको छ ।

त्यस्तै, गणेश मिठाई पसलमा ढक तराजु नमिलेको र नापतौल विभागमा नवीकरण नगरेको पाइएको, मूल्यसूची नराखेको, किचेन फोहर भएको, पुरानो र बासी मिठाई बिक्री गरिरहेको पाइएकाले त्यस्ता मिठाई नष्ट गरिएको, पेटीको सामान हटाउन र नियमानुसार सञ्चालन गर्न निर्देशन दिएको छ ।

न्यू गुप्ता पान पसल तीन दिनभित्र पसल दर्ता गर्न, मूल्यसूची राख्न र पेटीको सामान हटाउन सुझाव दिएको अनुगमन समितिका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

समितिका सदस्य हरिराम सुवाल, भनपा स्यानिटेसनका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी परिसरका रामशरण तामाङ, जिल्ला प्रशासन कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी रहनुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.