Websoft University

गण्डकी प्रदेशमा बिरामी पशुको उपचार गर्न र्औषधी, नपाउदा गाइहरू मर्दैछन

काठमाडौ साउन ४ गते । रातो तारा डट कम,पोखरा - नेपाल सरकारले गज्जबको एउटा योजना ल्यायो । विना धितो विना ब्याज युवाका लागि ५ लाख । सरकारले युवालाई स्वदेशमा नै राख्ने वा व्यवसाय तर्फ आकर्षित गर्न यो योजना ल्याएको हो तर पोखरामा अहिले व्यवसाय गर्नेहरु ठुलो पिडामा रहेका छन् ।

लेखनाथमा गाई फर्म चलाउनेहरुलाई अहिले गाईको लागि औषधि अभाव भएपछि व्यवसायीहरु ठूलो चिन्तामा रहेका छन् । गाईलाई ज्वरो आउदा खुवाईउने थाईकल लगायतका औषधिको अभावमा लेखनाथ क्षेत्रका दर्जनौँ गाईहरु मरीसकेका छन् ।

सरकारी निकायका प्रतिनिधि पनि त्यसठाउँमा जान्छन् तर औषधि नभएपछि त्यसै फर्कने गरेका छन् । प्राबिधिकहरु आउँछन् गाई हेर्छन सल्लाह सुझाब दिन्छन् तर औषधी दिदैनन्। औषधीको अभावमा गाईहरु मर्न थालेपछि पनि सम्बन्धीत निकाय मौन छ ।

यति सम्मकी गाईलाई मानिसको औषधि खुवाउनु परेको छ । लेखनाथमा रहेको पवन गाई फर्मका संचालक पवन तिवारीले गाईलाई ज्वरो आएपछि औषधी नपाएको र मानिसलाई खुवाउने सिटामोल एउटा गाईलाई ५ वटाको दरले खुवाएको बताएका छन् । उनले अब गाई मर्न दिनु भन्दा छ मानिसलाई खुलाउने औषधीले पनि काम गर्ला कि भनेर खुलाएको बताए।

समान्य जरो आएको औषधी समेत नपाएपछी सरकारले व्यवसाय गर्नेहरुलाई सहयोग नभएको व्यवसायीहरुले आभास गर्न थालेका छन् । सरकारले लगानी गरे पूर्ण कृषि मैत्री बनाउन नसके पनि आफ्नै पैसाले बिरामी गाईको उपचार गर्छु भन्दा पनि पाएका छैनन् ।

सामान्य जरो आएको औषधी नपाउँदा गाईहरु मरिरहेका छन् भने अझ अरु रोग लाग्यो भने सरकारले के प्रबन्ध गर्दा रु यसबारे किसानहरु झन चिन्तीत बनेका छन् । यसबारे बुझ्दा गण्डकी प्रदेशका भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापामगरले यो केन्द्रबाटै हेर्नुपर्ने बिषय भएको बताए ।

उनले केन्द्रको कुरा पर्खिएपछि प्रदेशले बल्ल काम थाल्ने बनाए । उनले यो बिषय मन्त्री परिषद्मा उठाउने र कृषकको समस्या हल गर्ने प्रतिबद्धता ब्यक्त गरे । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.