Websoft University

कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप


शिव भट्टराई - सुनसरी साउन ४ गते । रातो तारा डट कम
मोरङ बुढीगंगा गाँउपालिका भित्रका च्याउ खेती गर्ने किसानहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आएको कृषि क्षेत्रको बजेट दुरुपयोग भएको आरोप लगाएका छन ।

किसानकै लागी किनाट गरेर आएको बजेट गाँउपालिकाले अन्यत्र खर्च गरेर किसानलाई बेवस्ता गरेको उनीहरुको आरोप छ।इटहरीस्थित रिपोर्टर्स क्लब सुनसरीमा पत्रकार सम्मेलनको आयोगरी च्याउ खेती गर्ने किसानहरुले किसानहरुकै लागी आएको रकम दुरुपयोग भएको भन्दै आपत्ती जनाएका हुन ।

नेपाल च्याउ उद्योग बुढीगंगा ७ मोरङका संञ्चालक सरोज नेपालले सरकारबाट किसानको लागी आएको रकम समेत किसानले नपाएको गुनासो गरे ।च्याउको वीउ उत्पादनमा समेत राज्यले सहयोग नगरेको किसानहरुको भनाई थियो ।

किसानहरुलाई उच्चस्तरीय तालिम दिनु पर्ने,च्याउलाई प्रशोधन गरीनु पर्ने,वास्तीक किसानलाई सहुलियत ब्याजमा श्रmण दिनु पर्ने लगायतका माग च्याउ किसानहरुले गरेका हुन । च्याउ किसान विष्णुबहादुर मगर भन्छन् हाम्रो दुःख राज्यले हेरेन । बास्तीक किसानलाई राज्यले सहयोग गरे किसानहरु च्याउ खेतीमा लाग्ने थिए उनी भन्छन् ।

यता बुढीगंगा गाउँपालिकाका कृषि बिकास शाखाले भने गाउँपालिकाको ५ वटा फर्मलाई साडे तिन लाख अनुदार वितरण गरेको जनाएको छ ।

 नेपाल च्याउ उद्योगलाई २ लाख,सुष्टि कृषि फर्मलाई २५ हजार,ह्यापी फेमिली बचत तथा रिण सहकारीलाई २५ हजार,अगुवा कृषक कृषि यान्त्रिकरण शहकारीलाईलाई ५० हजार र मदनपुर बुउदेशीय कृषि फर्मलाई ५० हजार वितरण गरेको र अन्य रकम भने अन्यत्र खर्च भएको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.