Websoft University

फुटवल खेल आयोजना सम्बन्धमा

काठमाडौ, असार २७ गते । रातो तारा डट कम,
नेपाल पत्रकार महासंघ,महिला समितिद्वारा महिला पत्रकार कोषका लागि एक गोल’भन्ने नाराका साथ यही २०७५ साउन १२ गते शनिबार फुटबल खेल आयोजना गर्न लागेको जानकारी गराइन्छ ।

उक्त खेलमा भाग लिन इच्छुक महिला पत्रकारहरूले तपसिलका महासंघका केन्द्रीय सदस्य तथा महिला समिति सदस्यसँग वा महासंघ केन्द्रीय कार्यालयमा सम्पर्क गरी असार ३० गतेभित्र नाम दर्ता गराउन सक्नुहुनेछ । दर्ता शुल्क रु. १००।– लाग्नेछ । यस खेलबाट संकलित रकम महिला पत्रकार कोष खडा गरी जम्मा गरिने उद्देश्य महासंघले लिएकोछ।

साथै,साउन १ गते टीम विभाजन गरिने भएकोले फुटवल खेल्न नाम दर्ता गराएका सबै महिला पत्रकारहरू विहान ११ः०० बजे सञ्चारग्रामस्थित महासंघ केन्द्रीय कार्यालयमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

तपसिल
१.मधु शाही (प्रिन्ट मिडियामा कार्यरत पत्रकारले सम्पर्क गर्ने)
२.श्वेता सिन्हा(टिभीमा कार्यरत पत्रकारले सम्पर्क गर्ने)
३.मिरा राजभण्डारी(रेडिया÷एफएम मिडियामा कार्यरत पत्रकारले सम्पर्क गर्ने)
४. जानुका बराल(अनलाइनमा कार्यरत पत्रकारले सम्पर्क गर्ने)
५.सिर्जना अर्याल(स्वतन्त्र पत्रकार तथा साहित्यकारले सम्पर्क गर्ने)
        लक्ष्मी पुन
सचिव एवं
संयोजक,महिला समिति


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.