बिराटनगर,असार २७ गते । रातो तारा डट कम,सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले सातौ स्थापना दिवसको अवसर पारेर आज ३ जना पत्रकारहरुलाई पुस्कार बितरण गरेकोछ ।
कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्वर प्रदेशका माननीय सामाजिक बिकास मन्त्री जीवन घिमिरेले पुस्कृत पत्रकारहरुलाई बधाई दिदै, भन्नु भयो अवको पत्रकारीता व्यावसायिक एकल पेसाको मर्यादित खालको पत्रकारीता हुनुपर्छ ।
अहिले पत्रकारीतामा केहि असज कुराहरु पनि देखिदैआएकाले पत्रकारीतामा चै सबैले अलि अलि लागेस्तो गर्नै पर्ने किन ? पेसा जागिर फुल टायम अर्कै तिर एनजीओ चलाएर अकैतिर काम गर्ने अनि फेरी पत्रकार पनि हुँ भन्दा पत्रकारीतामा लागि रहेकाहरुलाई असजिलो हुने भएकाले सुधारको खोचो रहेको मन्त्रीले बताउनु भयो ।
(पेसा परिर्वन हुन्छ तर कुनै जमनामा पत्रकार भएकै नाताले कतै एउटा समचार लेखेकै भरमा सधै पत्रकार हुँ भन्नु पनि गलत मानसिक्ता हो । अहिले नेपाल पत्रकार महासंघमा बहाल वाला कर्मचारी प्राध्यापक अडिटर पुरानो सिटायर भएर अर्कै पेसा चलाई रहेका पुर्व पत्रकार मास्टर प्रहरी राजनीतिक कार्यकर्ता त्यस्तै बिरोधी गतिबिधिका मानिसहरुले नै हलिमुहाली गरिरहेका छन । सबै ठाउँमा उनीहरुनै पत्रकार बनेर पुगेका हुन्छन यो कुरा सामाजिक बिकास मन्त्री जीवन घिमरे ज्यु ले चै राम्रो बुइोका रहेछ वहाँलाई धन्यवाद।)
पुरस्कृत हुने :-
मेम्वर चन्द्रलाल दर्गा देवी सन्चार श्रमजीवि पत्रकारीता पुस्कारबाट मकालुका पत्रकार अभय कुमार राई नगद र प्रमार्ण पत्रबाट पुस्कृत हुनु भएको छ ।
मिना देवी श्रेष्ठ महिला पत्रकारीता प्रोत्सान पुरस्कारबाट रु १० हजार र पत्रमार्ण पत्र सहित पुरस्कृत हुनु भएकोछ ।
ओम प्रकाश गोयल आर्थिक पत्रकारीता पुरस्कारबाट रु ३१ हजार नगद र पत्रमार्ण पत्र सहित इलामका पत्रकार भीम चापागाई पुरस्कृत हुनु भएकोछ ।
उधोग पति तथा समाज सेवी दिनबन्दु गोयलले आफुले स्थापना गरेको पुरस्कारको रासि आगामी वर्षबाट रु ५१ हजार बनाएर बितरण गर्ने पनि कार्यक्रमबाटै घोषणा गर्नु भएकोछ ।
नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश समितिका अध्यक्ष बिक्रम लुईटेल,डिल्ली पोखरेल,पुरस्कृत भीम चापागाई समेतले बोल्नु भएको थियो । बिजय खतिवडाले स्वागत मनत्व्य दिनु भएको थियो । संस्था अध्यक्ष मोहन भण्डारी
को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको तियो।
Post a Comment