Websoft University

अमित बावु रोकायाको मौलिक लय सिर्जनामा “पागल बनम्ला” हेर्नुहोस भिडियो सहित


रोशन पोखरेल , काठमाडौँ, असार २७ गते । रातो तारा डट कम,
नेपाली लोक गायनको क्षेत्रमा वियोगान्त गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ । मनका भित्री भावहरुलाई समेटेर गीत तयार गर्ने क्रम बढ्दो मात्रामा रहेको छ । जिवनका कहाली लाग्दो अवस्थाका बास्तविक भोगाईहरुलाई मौलिक भाकामा आफनो वियोगान्त बाध्यतालाई समेटनका लागी कलाकारहरु खपिस रहेका छन । 

नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका देवी धर्ति र गायक विजय कुमार गैरेको स्वरले सजिएको “पागल” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको अडियो तथा भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो । 
आफुले माया गरेको मान्छेले छोडेर गए पछिको वियोगान्त प्रेम भावले सुसजित रुपमा यस गीतको समेटिएको छ ।

 विजय कुमार गैरेको मार्मिक शब्द तथा गायक तथा संगीतकार अमित बावु रोकायाको मनै छुने लय सिर्जनामा गीत रहेको छ । म्युजिक भिडियोमा कृष गौत्तम र सिर्जना लामाको मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई अर्जुन कुमारले छायाँकन र रविन विकले सम्पादन गरेका छन । गीतको भाव अनुसारको कलाकारहरुलाई प्रोत्सान गर्ने काम भिडियो निर्देशक अमित बराइलीले गेका छन । 
भिडियो हेर्न तल क्लिक गर्नु होला ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.