काठमाडौँ,असार ३० गते । रातो तारा डट कम, विपन्नदेखि उच्च धनी समुदायले उपभोग गर्ने चिया खेतीमा पछिल्लो समय कृषक एवं व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ । विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा, तेहथुम जिल्लामा हुने चिया खेती विस्तार भई दोलखा, नुवाकोट, रामेछाप,भोजपुर, ललितपुर लगायतका जिल्लामा समेत विस्तार हुन पुगेको छ । तर आज भोलि जलवायु परिवर्तनको
कारणले चियाको संवाद परिवर्तन भयो उपभोक्ता भन्न थालेका
छन।
नेपालका १४ जिल्लामा नौ हजार २४६ कृषक÷व्यवसायीले चिया खेती गर्ने गरेका छन् । तीमध्ये नौ हजार १२७ जनाले व्यक्तिगत र १०८ जनाले संस्थागत रुपमा चिया खेतीमा संलग्न छन् । केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा संयुक्त रुपमा आज यहाँ सार्वजनिक गरिएको नेपालमा व्यवसायीक चिया खेती सर्वेक्षण २०७५ मा सो तथ्याङ्क उल्लेख गरिएकोछ । नेपालमा पहिलो पटक २०७४ वैशाखदेखि चैतसम्ममा एकहजार १७५ नमूनामा सो सर्वेक्षण गरिएकोथियो ।
ती कृषक÷व्यवसायीले कूल १२ हजार ६६ हेक्टरमा चियाखेती गरी १० करोड ८० हजार मेट्रिक टन हरियो पत्ती उत्पादन गरेको छ । तीमध्ये सवैभन्दा बढी झापामा सात हजार १९५ र सबैभन्दा कम मोरङमा २५ हेक्टरमा चिया खेती गरेको पाईएको सर्वेक्षणमा उल्लेख छ ।
हरियो पत्ती चिया सबैभन्दा बढी झापामा आठ करोड २५ लाख १७ हजार मेट्रिक टन र सबैभन्दा कम भोजपुरमा एक दशमलव आठ मेट्रिक टन उत्पादन भएको जनाएको छ । सर्वेक्षणअनुसार कृषक÷व्यवसायी गरी कूल ११ हजार ४१ वटा वगानमा चिया खेती गरेको छ । तीमध्ये सबैभन्दा बढी इलाममा ६ हजार ९९५ र सबैभन्दा कम सिन्धुपाल्चोकमा आठ वटा रहेका छन् ।
कृषक÷व्यवसायी मध्ये चार प्रतिशतले मात्र व्यवसाय दर्ता गरी खेती गरेको र बाँकी ९६ प्रतिशतले दर्ता नै नगरी खेती गर्ने गरेको सो सर्वेक्षणले देखाएको छ । एक रोपनीभन्दामाथिको जमिनमा गरिएको चिया खेतीलाई व्यवसायिकरुपमा सर्वेक्षणले ओगटेको थियो ।
व्यवसायिक चिया खेती गर्ने कृषकले हरियोपत्ती चियाको बिक्रीबाट रु एक अर्ब ७४ करोड २२ लाख आम्दानी गरेकोछ । साना कृषक नै यस व्यवसायमा संलग्न रहेको, ९५ प्रतिशतले आफ्नै जमिनमा खेती गरेको र करिव ३१ लाख अस्थायी कामदार यस काममा संलग्न रहेको सर्वेक्षणले देखाएको छ ।

Post a Comment